सम्पादकीय

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो



काठमाडौं, १८ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ ।

गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ । निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ । कारोबारमा समाचार छ ।