सम्पादकीय

मलेसियामा गैरकानुनी कामदारलाई तनाव



मलेसिया, १८ असार । मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ ।
मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो ।

हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।

गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई उद्धृत गर्दै मलेसियाली एक अंग्रेजी दैनिक पत्रिकाले अनलाइन संस्करणमा उल्लेख गरेको छ । कान्तिपुरमा समाचार छ ।