काठमाडौं, १८ असार । चितवन, दुई दिनदेखि बन्द रहेको नारायणगढ मुग्लिन सडक खण्ड करिब ३६घण्टापछि शनिबार बेलुका ६ बजेदेखि सुचारु भएको छ ।
बाटोको पहिरो पनछाउँदै सावारी आगमनलाई निरन्तरता दिइएको हो । कालिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
यसैबीच त्रिशुली नदीमा खसेर एक जना पैदल यात्री बेपत्ता भएका छन् । सडकमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर १०० मिटर तल त्रिशुली नदीमा खस्दा बेपत्ता भएका हुन् । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्