राजनीति

सोलुदूधकुण्ड नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमुख एमाले



सोलुखुम्बु, १८ असार । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित भएक छन भने उपप्रमुखमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भइकि छन ।

गए राति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार नेकाका तर्फबाट प्रमुख पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले दुई हजार ७५१ मत प्राप्त गरेर विजय प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आङ इगेले झलक शेर्पाले दुई हजार ६०१ मत प्राप्त गरेका थिए।

यस्तै उपप्रमुख पदमा नेकपा एमालेका कल्पना राईले दुई हजार ७६० मत प्राप्त गरेर विजय प्राप्त गर्नभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी उम्मेदवार छिन्डिल्हामु शेर्पाले दुई हजार ७१७ मत प्राप्त गरे ।

नगरपालिकाको वडास्तरमा पनि काँग्रेस र एमालेको मिश्रित नतिजा प्राप्त भएको छ । नगरपालिका–१, २, ४ र ९ मा नेकाको प्यानल नै विजय भएको छ भने वडा नम्बर ६, ७, ८ र १० मा एमालेको प्यानल नै विजय भएको छ । वडा नम्बर ३ र ५ मा भने अध्यक्ष पदमा एमाले र बाँकी सदस्य पदमा नेकाले विजय प्राप्त गरेको छ ।