भैरहवा, १८ असार । रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपाएमाले ले जित हासिल गरेको छ ।
अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरेकी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्