Banner News

रुपन्देहीको गैडहवा र रोहिणिमा सङ्घीय समाजवादी फोरम बिजयी



लुम्बिनी, १९ असार । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा सङ्घीय समाजवादी फोरमले जित हात पारेको छ ।

गैडहवामा सङ्घीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार बच्चु केवटले पाँच हजार ४१५ मत ल्याएर विजयी भएक छन । त्यस्तै उपाध्यक्षमा पनि फोरमकै शोभावती यादवले चार हजार ९७५ मत ल्याएर विजयी भइन ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बसीउल्लाह मुसलवानले अध्यक्षमा तीन हजार २७६ र उपाध्यक्षमा मञ्जु न्यौपानेले ३२९ मत ल्याएकाछन । त्यसैगरी रोहिणी गाउँपालिकामा पनि सङ्घीय समाजवादी फोरमले जित हासिल गरेको छ । फोरमका सनोजकुमार यादवले तीन हजार ७६० मत ल्याएर गाउँपालिका अध्यक्ष भएक छन । यादवले राप्रपाका ताहिर वलीलाई २१८ मतले पछाडि पार्दै विजयी भए। राप्रपाका ताहिर वलीले तीन हजार ५४२ ल्याए ।

उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी हुनुभएको छ । चमारले तीन हजार ४९६ मत ल्याएका छन । उनकी निकटतम प्रतिद्वन्द्वी फोरमकी रिमा मिश्राले तीन हजार ४५० मत ल्याइन।