शैक्षिक

सुनसरीको भोक्राहा गाउँपालिकामा सङ्घीय फोरम विजयी



इनरुवा, १९ असार । सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी भएक छन ।

आज बिहान घोषणा गरेको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै विजयी भएकाहुन ।

यादवले तीन हजार ५२८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी भएक छन । उनले तीन हजार ३४३ मत ल्याई विजयी भए ।
उनले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गर्दै विजयी भएकीछन । अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी भोक्राहा गाउँपालिकाका वडाध्यक्षहरुमा – १ मा एमालेका ललित थापा, २ मा नेपाली काँग्रेसका आलम मियाँ, ३ मा सङ्घीय समाजवादीका सुकदेव यादव, ४ मा काँग्रेसका हारुन अन्सारी, ५ मा एमालेका वसरुदिन मियाँ, ६ मा सङ्घीय समाजवादीका राजेश्वरप्रसाद यादव, ७ मा रामचन्द्र यादव, विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।