शैक्षिक

दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी



इटहरी, १९ असार । दुहवी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले सात हजार ४२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सोही पार्टीका उपप्रमुख पदका उम्मेदवार सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसबाट प्रमुखको उम्मेदवार गौरीशङ्कर रौनियारले पाँच हजार ६१५ मत प्राप्त गर्नुभयो । काँग्रेसकै उपपमुखका उम्मेदवार कल्पना कार्कीले पाँच हजार ६० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी बर्जुगाउँपालिकामा लोकतान्त्रिक फोरमका अध्यक्षमा उम्मेदवार रघुनन्दन चौधरीले चार हजार ७३४ मत तथा सोही पार्टीका उपाध्यक्षका उम्मेदवार सङ्गीताकुमारी रायले चार हजार ६२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार फनिलाल चौधरीले तीन हजार ६९२ मत र सोही पार्टीका उपाध्यक्षमा उम्मेदवार सोमकुमारी गुरुङ रायले तीन हजार ३६८ मत ल्याउनुभएको छ ।