Banner News

रुपन्देहीमा माओवादीले खाता खोल्यो



लुम्बिनी, १९ असार । रुपन्देहीमा माओवादी केन्द्रले खाता खोलेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा जित हासिल गर्दै माओवादी केन्द्रले खाता खोलेको हो ।

माओवादी केन्द्रका हीराकुमार केवट दुई हजार ४४२ मतका साथ विजयी भएका छ न। उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका मञ्जितकुमार यादवले दुई हजार ३११ मत ल्याएकाछन।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले दुई हजार २६४ मत ल्याएर विजयी भइकिछन छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रेतीले दुई हजार १७२ मत प्राप्त गरे ।

रुपन्देहीमा १६ वटा स्थानीय निकायमध्ये पाँचवटाको अन्तिम परिणाम आइसकेको छ । पाँचवटामध्ये एमालेले दुई, सङ्घीय समाजवादी फोरमले दुई र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् ।