Banner News

बेल्डाँडी गाँउपालिकामा एमाले विजयी



कञ्चनपुर, १९ असार । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा९एमाले०का उम्मेदवार विजयी भएका छन् ।

आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा एमाले का धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत ल्याएका छन ।

उपाध्यक्षमा एमालेका कमलादेवी कार्कीले तीन हजार १३७ मत ल्याई विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किस्नादेवी गिरीले दुई हजार २७५ मत ल्याएकाछन ।
सो गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् भने वडा नं ३ मा काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् ।