राजनीति

हल्दिबारी गापा अध्यक्षमा राप्रपा विजयी



काँकडभिट्टा झापा १९ असार । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र लिङ्देन तीन हजार ९४३ मत प्राप्त गरी विजयी भए ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले की मञ्जु सिटौलाले तीन हजार ५४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले बताए ।

उपाध्यक्ष पदमा एमालेका डम्बर गिरी चार हजार ३८६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला राईले दुई हजार ७४६ मत प्राप्त गरे ।

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेका चित्रलोचन सापकोटा एक हजार ६४३ मत र वडा नंं ३ मा एमालेकै रोशन शिवाकोटी ६०४ मत प्राप्त गरी विजयी भएका छन ।

त्यसैगरी, वडा नं २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङ एक हजार २६३ मत प्राप्त गरी विजयी भएका छन ।

त्यसैगरी, वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका होमप्रसाद चुँडाल ७६८ मत प्राप्त गरी विजयी भएका छन भने वडा नं ५मा राप्रपाकै शेरबहादुर नेम्वाङ ४०६ मत प्राप्त गरी विजयी भएका छन ।

हल्दिबारीमा जम्मा १८ हजार ८९२ मतदाता रहेका छन् । खसेको कुल १३ हजार ९८४ मध्ये ४४३ मत बदर भएको निर्वाचन अधिकृत कार्कीले बताए ।