Banner News

हिन्दूवादी पार्टी राप्रपाबाट जिते मुस्लिम अञ्जारले



चन्द्रकला भण्डारी
काँकडभिट्टा झापा २० असार । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ।

जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले ।

उनि स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवार बनेका थिय । केचना, बनियानी, पथरियालगायतका गाविस मिलाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ ।

मुलुककै सबैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गरेकाछन , जुन यतिबेला मुलुकभरि चर्चित समाचार बनिरहेको छ ।

अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय हुन । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उनि त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित भएका थिय। जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उनि राप्रपाका पुराना कार्यकर्ता हुन । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उहाँ दक्षिणपूर्वी झापामा पार्टीको खम्बा बनेर उभिँदै आएका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउछन ।

इमान्दार र जनताको सेवकको रुपमा उनले आफ्नो छवि बनाउनुभएको छ, महामन्त्री लिङ्देनले भने–अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उनको लोकप्रियताको प्रतिफल मान्नु पर्छ ।

आइतबार राति नै अन्जारले चुनाव जितिसकेको घोषणा आइसकेको थियो । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले जित्नुभएको थियो । तर विजय जुलुस भने सोमबार बिहान मात्रै भएको थियो ।

जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि थिए। बिहानको जुलुसमा अन्जार हजारौँको भीडमा नायकझैँ अभिवादन फर्काइरहनुभएको थियो । राप्रपाको झन्डा फरफराइरहेको थियो भने समर्थकले नारा घन्काइरहेका थिए ।

बनियानी बजारको कालीमन्दिरमा अन्जारलगायत उहाँको विजयी टोलीले हिन्दू देवता साक्षी राखेर भ्रष्टाचार नगर्ने शपथ लिएको छ । नियमले दिने सुविधाबाहेक एक पैसा पनि नलिने उनले मन्दिर र जनतासामु कसम खाए ।

नेपालको पहिचानको रुपमा हिन्दूराष्ट्र हुनुपर्छ, मुस्लिमको छोरा हिन्दूवादी पार्टीको नेता कसरी भन्ने आम जिज्ञासातर्फ लक्षित गर्दै अन्जार भन्न्छन– हाम्रो पार्टीले सबै जनताले हिन्दू बन्नुपर्छ त भनेको छैन नि

राप्रपा भनेको हिन्दूवादी पार्टी हो भन्ने आम बुझाई भएपनि झापाको कचनकबलमा मात्र होइन, मुस्लिम बहुल नेपालगञ्जको प्रमुखमा पनि राप्रपाले नै जित हात पारेको छ ।