म्याग्दी, २१असार । वार्षिक प्रतिब्यक्ति १६ किलोग्राम मासु आवश्यक पर्ने मापदण्ड विश्व स्वास्थ्य संगठलने तोकेको छ ।
नेपालको राष्ट्रिय मासु उपभोग दर १४ केजी हो ।
तर, म्याग्दीबासीको उभोग दर भने यी दुवै दरभन्दा निकै बढि छ । उनीहरु बार्षिक प्रतिब्यक्ति २१ केजी मासु उपभोग गर्ने तथ्यांक पशु सेवा कार्यालयको सर्वेक्षणले दखाएको छ ।
म्याग्दीमा भेडा, बाख्रा, र कुखुरापालन ब्यवसाय फस्टाउँदै गएपछि जिल्लावासीले औसतभन्दा बढी मासाु उपभोग गर्न थालेका हुन्, कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्