सम्पादकीय

कालीगण्डकीको पानीजहाज सेवा बन्द



काठमाडौं, २१ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) बर्षायामसँगै अवरुद्ध भएको छ ।

नदीमा पानीको वहाव बढेपछि दूर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो ।

सेवा बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दाले ४ घण्टा लामो यात्रा गर्नु परेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।