समाचार

गौरीगन्जमा राप्रपा विजयी



दमक, २१ असार । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएकाछन ।

उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । अध्यक्षमा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरेकाछन।

यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसका दीपेन्द्र थापा निर्वाचित भय। ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा काँग्रेसले चार र नेकपा माओवादी केन्द्र, र नेकपा ९एमाले०ले एक÷एक वडामा जित हासिल गरेको छ । काँग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचितभएकाछन।

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भएकाछन । राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो ।