शैक्षिक

कपिलवस्तुमा काँग्रेस विजयी



कपिलवस्तु, २१ असार । कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी भएकाछन। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गरे।

उपप्रमुखमा काँग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गरे ।