Banner News

कोहलपुर नपाको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस



बाँके, २१ असार । कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएकाछन ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले नौ ३७९ मत प्राप्त गरिन ।

नगरपालिकाका १५ वडामध्ये सातमा काँग्रेस, सातवटामै एमाले र एउटा वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।