बेलायत, २३ असार । संयुक्त अधिराज्य यूके को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ ।
उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए । यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ ।
प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागी यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागल जनाएको छ ।
बेलायतले जनमतसङ्ग्रहमार्फत बे्रक्जिटका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ, बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले बताए ।
प्रतिक्रिया दिनुहोस्