सुनसरी, २३ असार । सुनसरीको प्रमुख केन्द्र इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । शुक्रवार बिहान सकिएको मतगणनाको अन्तिम नतिजा आउँदा मेयर उपमेयर दुवै पदमा एमाले उम्मेदवार द्वोरिकलाल चौधरी र लक्ष्मी गौतम विजयी भएका हुन् ।
चौधरीले २२ हजार ४ सय १२ मत ल्याएर जितेका हुन् भने उपमेयरमा एमालेकै गौतमले २२ हजार १ सय ४२ मत ल्याएर जितेकी हुन् । दोस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार रोहित प्रसाईलाई तीन हजार मतले पछि पार्दै एमालेका चौधरी विजयी भएका हुन् । कांग्रेसका मेयर उम्मेदवार रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्