अर्थ

दुई विधेयक प्रस्तुत



काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ प्रस्तुत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिउ ।

यसअघि बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्तरुपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।