सुर्खेत, २४ असार । महिनावारी हुनु सामान्य प्रक्रिया हो भनेर अभियान चलाएको लामो समय भइसक्यो । तर, अझै महिनावारी भएका बेला घरभित्र सुते ‘देउता रिसाउने’ भन्दै छाउगोठमा पठाउने गलत प्रवृत्ति हट्न सकेको छैन ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सछाउगोठमा सुतेकी एक युवती यस्तै अन्धविश्वासको शिकार हुनुपरेको छ ।
परिवारका सदस्यको दबाब र सामाजिक त्रासका कारण छाउगोठमा सुतेकी स्थानीइ लैनचौरकी २२ वर्षीया तुल्सी शाहीलाई बिहीबार राति सर्पले डसेको थियो ।
सर्पले डसेकोमा उपचार नगराई परिवारले धामी–झाँक्रीमा भर पर्दा शुक्रबार उहाँले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्