सम्पादकीय

देश जोगाउन सुदृढ भूमिका खेल्न ज्ञानेन्द्रको आग्रह



काठमाडौं, २४ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचित जनप्रतिनिधिलगायत आमनेपालीसँग देश जोगाउन र जोड्नमा सुदृढ भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

आफ्नो ७१ औं शुभजन्मोत्सवका अवसरमा हिमाल, पहाड र तराईबाट ठूलो संख्यामा शुभकामना दिन आएका युवाको आह्वान र पत्रकारको साक्षात्कारमा पूर्वराजा शाहले भन्नुभयो, ‘देश जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकता होस् । यस्तो भावना आमनेपाली र खासगरी जनप्रतिनिधिसँग मेरो विशेष आग्रह छ ।’

शुभकामना दिन उपश्थितहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजसंस्थाबारे जनमतसंग्रह माग राखेकै बेला पूर्वराजा शाहले भन्नुभयो, ‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा मेरो निरन्तरको चाहना देशभक्ति नै हो ।

हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस्, मेरो मूल चाहना र कामना यही नै हो ।’ अन्नपूर्ण पोस्ट्मा समाचार छ ।