राजनीति

धनगढीमा काँग्रेस विजयी



धनगढी, २४ असार । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाएका छन । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुन ।

उपप्रमुखमा काँग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाइकि छन ।

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् ।