विश्व

जि–२० सम्मेलनको शिलशिलामा शनिबार   शान्तिपूर्ण प्रदर्शन



ह्यामवर्ग जर्मनी, २४ असार । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।
प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधि नारा लगाउदै र आफ्नो समूहका झण्डा फहराउदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए ।
प्रदर्शनका क्रममा केहीले हेल्मेट निकालेर विरोधका स्वर गीत तथा सङ्गीतमार्फत शहरमा नाच्दै परिक्रमा गरेका थिए भने प्रहरीले उनीहरूलाई पछ्याइरहेका दृश्य देखिन्थे ।
जर्मनीको ह्याम्वर्गमा जी–२० सम्मेलनका विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आबास गृहमै घेराबन्दीमा पारेका थिए ।

ह्यामवर्गको प्रहरीले उनि बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन, उनको प्रवक्ता स्टेफन ग्रिशामले भने।

शुक्रबार प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृत र प्रदर्शनकारी घाइते भएका थिए । एपी