Banner News

दश तहमा काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य



विराटनगर, २५ असार । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा एमाले ले जित हात पारेका छन् ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भएका छन ।

आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरंैचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा एमाले का उम्मेदवारले जित हात पारेका छन ।

सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन ।