Banner News

भारतीय बाटो प्रयोग गर्न बाध्य बथनाहा बासी



, २८ असार । महोत्तरीको सदरमुकाम जलेश्वर आउनका लागि बथनाहाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लाको पश्चिम दक्षिण कुनामा भारतीय सीमासँग जोडिएका बथनाहा गाविसका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी चन्दन दुबेले बताउनुभयो ।

सदरमुकाम जलेश्वरबाट ९ किलोमिटर टाढा रहेको बथनाहाबाट आफ्नै देशको भूमि प्रयोग गरेर सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी भरत रायले बताए ।

सदरमुकाम जलेश्वर आउनका लागि उनीहरुलाई वर्षौदेखि भारत बिहार राज्य सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिठ्ठामोडबाटो तय गर्नुपर्ने हुन्छ ।

नौ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी अमित दुबेले बताए ।