राजनीति

पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष थापा



काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताए ।

काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताए।

अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृतरुपमा सफलता प्राप्त गर्न नसक्नुका कारणमा विभिन्न शक्तिबाट पार्टीको वैचारिक नीतिमा भ्रम छर्ने कार्य भएकामा चिन्ता व्यक्त गरे ।

पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीभित्र अवसरवादीको सक्रियता बढेकाले अहिले आन्तरिक एकतामा केही चुनौती देखिएको बताउँदै यसतर्फ सबैले चनाखो भई अगाडि बढ्नुपर्ने बताए ।

पार्टीका अर्का नेता राजाराम श्रेष्ठले राप्रपाले स्थानीय तहमा पार्टीको आदर्शलाई पु¥याउन नसकेकाले चुनावमा राम्रो परिणाम आउन नसकेको बताउँदै अब स्थानीय जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिए ।