काठमाडौं, २ साउन । एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती ।
छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए ।
आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको दृश्य हो यो ।
गत शुक्रबार आपरान्ह बर्षाको भेलले बगाएर मृत्यु भएकी १० बर्षीया विनिताका बबु हुन्, झंकनाथ ।
आईतबार नेपालटार पुग्दा झंकनाथ, उनकी श्रमती र आफन्त मात्र होईन पुरै टोल शोकमग्न थियो ।
बेहोस् झंकनाथकी श्रमती घरीघरी निन्द्राबाट ब्युँझिएझैँ उठेर एउटै शब्द दोहोर्याईरहेकी थिईन् मेरी छोरी ।
राजधानीको सडकमा बर्षाको भेलले बगाएर १० बर्षिया छोरी गुमाएका झंकनाथको टोलाई र मौनतामा पुत्री वियोगको पीडा मात्र होईन, सरकारप्रति आक्रोश समेत थियो । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्