Banner News

नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन गर्नुपर्ने



काठमाडौँ, ३ साउन । लोकसेवा आयोगले संगठित संस्था ९सार्वजनिक संस्था र सुरक्षा निकाय० लाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ ।

आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताए ।

आयोगले दुई महिनाभित्र पदपूर्तिसम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको हो । ती संस्थामा रहेका पदपूर्तिसम्बन्धी पुराना व्यवस्थाले नयाँ जनशक्ति पूर्ति गर्न सकिँदैन उनले भने त्यसैले ती व्यवस्थालाई परिमार्जन गरी आयोगले बनाएको मापदण्डका आधारमा अब नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्दछ ।

आयोगले तोकेको मापदण्डका आधारमा मात्र अब संगठित संस्थाले नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्ने हुन्छ । आयोगले ती संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने छ । अन्तर्वार्ता भने आयोगको उपस्थितिमा सम्बन्धित संस्थाले गर्ने व्यवस्था गरिएको छ ।

आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सीधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रियामार्फत गर्नुपर्नेजस्ता नयाँ मापदण्ड तोकेको छ ।