सम्पादकीय

सेतीले बगाएका तीनजना भेटिएनन्



कास्की, ४ साउन । नुहाउने क्रममा सोमबार अपराह्न सेती नदीले बगाएका तीनजना अझै बेपत्ता छन् ।

अपराह्न साढे चार बजे पोखारा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा बगेर बेपत्ता भएका संगीता नेपलाी, ध्वनी नेपाली र सुनील परियारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा सुरुमा नदीमा पेसेकी संगिता बगेपछि उनलाई बचाउन गएका सुनिल पनि बगेका थिए । सुनिललाई बचाउन खोच्दा आडैमा रहेकी ध्वनीलाई पनि नदीले बगाएको प्रत्यक्षदर्शीले गाम्छे सार्कीले जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।