सम्पादकीय

एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर



काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजार भन्दा बढी नेपाली बिद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष २०७२/०७४ मा मात्रै डेढअर्ब भन्दा बढी रकम बिदेसिएको छ ।

गत वर्ष ३२ हजार चार सय ७० जना बढी बिद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन । यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय २३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् ।

अस्ट्रेलिया जान चाहने विद्यार्थी ‘नो अब्जेक्सन लेटर’ लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ । अअस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ ।

वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको लागि मात्रै हिसाव गर्दा करिब एक अर्ब बिदेसिएको छ । नयाँ पत्रिकामा समाचार छ ।