Banner News

पूर्वराजा अस्पताल भर्ना



काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन ।

नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुग्नुभएको उनका स्वकीय सचिव फणिराज पाठकले राससलाई बताए ।

प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।