समाचार

सचिव रिजाललाई मातृशोक



काठमाडौँ, ४ साउन । नेकपा एमाले का केन्द्रीय प्रचार विभागका सचिव एवम् प्रेस चौतारी नेपालका पूर्व महासचिव विष्णु रिजाललाई मातृशोक परेको छ ।
उहाँकी आमा डिल्लीसरा रिजालको भैरवी–५, दैलेख डाँगर गाउँमा आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो ।

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले शोक विज्ञप्ति जारी गरी दिवङ्गत डिल्लीसराप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना व्यक्त गरेका छन ।

यस्तै चौतारीका महासचिव राजेश राईले पनि विज्ञप्तिमार्फत् समवेदना व्यक्त गरे ।