काठमाडौं, ५ साउन । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाई गरेसँगै ती मुलकका राजपरिवारमा कामदारको संकट परेको छ । योसँगै ती देशका रापरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन अग्रहर गरेका छन् ।
यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् । उनले यसबारे जानकारी गराउनासाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैँले चेलीबेटी बेचबिखन गर्न खोजिरहेकोसम्मको आरोप लगाए ।
खाडी मुलुकमा नेपली चेलीहरु दैनिक रुपमा बालात्कार तथा यौन हिंसाको सिकार भइरहेको भन्दै सांसदहरुले त्यहाँको समस्या समाधन गर्न ती देशले चासो नदिइरहेको अवस्थामा नेपली चेली पठाउनु नहुने धारणा राखे । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्