सम्पादकीय

माओवादीमा फेरि प्रचण्डपथ को चर्चा



काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा प्रचण्डपथ लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो ।

२०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र समाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो, गोरखापत्रमा समाचार छ ।