Banner News

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, पूर्व न्यायाधीश दास अध्यक्ष



काठमाडौं, ५ साउन/ मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन भने सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेललाई राखिएको छ ।

२१ दिनभित्र प्रतिवेदन बुझाउने म्याण्डेट सहित आयोग गरिएको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वताए । विद्यमान २४० निर्वाचन क्षेत्रलाई एक जिल्लामा कम्तीमा एक क्षेत्र नघट्नेगरी १६५ निर्वाचन क्षेत्र निर्धारण गर्ने ब्यवस्था नयाँ संविधानले गरेको छ । यही आयोगले प्रदेशसभाको समेत निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने भएकाले २१ दिनको समय पर्याप्त हुनेबारे भने सन्देह छ ।

निर्वाचन आयोगले सरकारलाई साउन १५ गते भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न लिखित आग्रह गरेको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत चैतदेखि नै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न दवाव दिंदै आएको थियो ।