समाचार

मिनीट्रकबाट खसेर मृत्यु



भक्तपुर, ५ साउन । चाँगुबाट भक्तपुरतर्फ आउँदै गरेको बा १ क ८५५१ नंको मिनीट्रकबाट खसेर आज एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

चाँगुमा घर ढलानको काम सकेर फर्कँदै गरेका कामदार बोकेर भक्तपुरतर्फ आउँदै गरेको उक्त मिनीट्रक चाँगुनारायण नगरपालिका–५ ढुंगेपाटीमा आइपुग्दा ट्रकबाट खसेर सल्यान, लक्ष्मीपुर–७ का हमाल घर्ती मगरको मृत्यु भएको हो । ट्रकबाट खसेका सोही ठाउँका शशी श्रीष मगरलाई उपचारका लागि भक्तपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।