Banner News

मानवअधिकारसम्बन्धी विषयमा छलफल



काठमाडौँ, ५ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जेनेभास्थित राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका एसिया प्रशान्त क्षेत्र प्रमुख डा ज्योति साङ्घेराले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

जङ्गी अड्डामा भएको भेटका क्रममा उहाँहरुबीच मानवाधिकारसम्बन्धी समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।