काठमाडौं, ६ साउन । व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो ।
‘चोरीका गाडी फर्ज कागजातका आधारमा दर्ता भएको’ भन्ने उजुरीका आधारमा यातायात व्यवस्था विभागले गरेको छानबिनमा यस्तो भेछिएको हो । किर्ते काममा संलग्न अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित जनालाई बिहीबार नै निलम्बन गरिएको छ ।
विभागले केही दिनयता गरेको छानबिनका आधारमा अनियमितता गरेको पुष्टि भएपछि मन्त्रालयमा निलम्बनको सिफारिस गरिएको थियो । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्