राजनीति

भूकम्पपीडितलाई निःशुल्क घरनक्सा पास



धनकुटा, ६ धनकुटा । धनकुटा नगरपालिकाको बुधबार बसेको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाहा हुने निर्णय गरेको छ ।

भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षतामा प्रमुख चिन्तन तामाङले गर्नु भएको थियो । भूकम्पपीडतले घरनक्सा बापतको तिर्नुपर्ने न्यूनतम शुल्क रु १० हजारदेखि रु ४० हजारसम्म रकम छुट हुने नगरपालिकाका प्रवक्ता जमशेर राईले बताए ।

धनकुटा नगरपालिकामा दुई हजार ७९६ घरधुरी भूकम्पपीडितमध्ये रु तीनलाख घर निर्माण अनुदान पाउने करिब ४२७ जना रहेको नगर कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए ।