सम्पादकीय

प्रहरीमा मनपरी पद थप



काठमाडौं, ७ साउन । नेपाल प्रहरीमा एआइजीको रिक्त रबन्दीअनुसार बढुवा गर्दा ‘आफ्नो’ छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ ।
१. पद पुर्याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि ‘आफ्ना’ छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रहरीमा एआइजीका दुई दरबन्दी थप्न सहमती भइसकेको छ । सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेर गृहले थप २ जनाको बढुवासूची निकाल्ने तयारी भएको छ । नागरिकमा समाचार छ ।