काठमाडौं, ८ साउन । शितलनिवासको अग्रभागलाई तत्काल भत्काउनु नपर्ने र यसमा प्रबलीकरण (रेट्रोफिटिङ) सम्भव भएको भन्दै विज्ञहरुको समूहले राष्ट्रपति कार्यालयमा अध्यन निचोड प्रस्तुत गरेको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.राजन सुवालको संयोजकत्वमा बनेको अध्यन टोलीमा स्ट्रक्चरल इन्जिनियरद्वय डा.मनोहर राजभण्डारी र डा.रेखा श्रेष्ठ छन् । ‘शितल निवासका जे नाममा जुन भवनको कलाकौशल र बनोट चिनिन्छ, त्यो अग्रभागलाई बाहिर बहसमा आएजस्तो तत्काल भत्काउन नपर्ने भनेर हामीले रिपोर्ट दिएका छौं । यसबारे कर्मचारी तहमा छलफल भैसकेको छ, अब राष्ट्रपतिसमक्ष हाम्रो अध्ययन पेश हुने भएको छ,’ संयोजक डा।सुवालले भने ।
शिशेषत शहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र केन्द्रिय आयोजना कार्यान्वयन इकाइका कर्मचारीहरु सम्पदा जोगाउनेभन्दा पनि तत्कालै भत्काइहाल्ने मनस्थितिमा रहेको चर्चा बाहिर आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्ले अर्को तहमा विशिष्ट प्राविधिक जुटाएर शितलनिवास संरचनाको यथास्थिति अध्ययन गर्न लगाएकी थिइन् । यसअघि शितल निवास पछाडिको ‘नानो’ भवन भने भत्काइने निर्णय बाहिर आइसकेको छ भने अग्रभाग भत्काउने कि राख्ने भनेर बिभिन्न परामर्शदाता कम्पनीहरुले भिन्न अवधारणामा रिपोर्ट दिंदै आएका छन् । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्