Banner News

प्रम देउवा र अध्यक्ष प्रचण्डबीच छलफल



काठमाडौँ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच हिजो सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार हिजोको बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत रहेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एक-दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ ।