Banner News

विष्णु पौडेलले भने- संविधानको रक्षार्थ सबै नेपाली एक हुनुपर्छ



नेपालगन्ज, ९ साउन । नेकपा एमाले का उपमहासचिव विष्णु पौडेलले संविधान संशोधनको कार्यसूचीमा आप्mनो दलको अडान यथावत् रहेको बताए ।

प्रेस चौतारी बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, कसैको स्वार्थ पूरा गर्न संविधान संशोधनको राजनीतिक खेल खेल्ने चालबाजी हामीले राम्ररी बुझेका छाँै, तसर्थ संविधानको रक्षार्थ सबै नेपाली अब एक हुनुपर्छ ।

एमाले प्रदेश नं ५ का संयोजक पौडेलले तीनै तहको चुनावअघि आप्mनो दल सरकारमा जाँदैन, अहिले हाम्रो ध्यान चुनावबाहेक अन्त छैन भने । उनको थप भनाइ थियो, निर्वाचनमा सहभागी नहुने दलप्रति सरकार लम्पसार पर्नुहुँदैन, सरकारले कुनै एक दललाई फकाउने बहानामा लोकतन्त्रको मूल्यमान्यता मिच्न मिल्दैन ।