काठमाडौ,९ साउन । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनबाट निकै उत्साहित बनेको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० यही असोज २ मा हुने प्रदेश नम्बर–२ को स्थानीय निर्वाचनमा केन्द्रित भएको छ ।
तराई–मधेसमा एमाले कमजोर छ भन्ने आरोप लागिरहेका बेला दोस्रो चरणको स्थानीय निर्वाचनमा तराई–मधेसका जिल्लाबाट समेत उत्साहजनक परिणाम ल्याएपछि एमाले थप उत्साहका साथ प्रदेश नम्बर–२ को निर्वाचनमा केन्द्रित भएको हो । यहि असोज २ गते प्रदेश नम्बर–२ का आठ जिल्लामा स्थानीय निर्वाचन गर्ने सरकारको घोषणासँगै अहिले एमाले प्रदेश–२ केन्द्रित अभियानमा सक्रिय बनेको छ ।
१ सय २७ स्थानीय तह रहेको प्रदेश नम्बर–२ मा एक महानगर र तीन उप–महानगरपालिका रहेका छन् । प्रदेश–२ को निर्वाचनलाई लक्षित गरेर एमालेले केन्द्रीय कार्यालय सरहको कार्यालय नै राख्नेसम्मको तयारी गरेको बुझिएको छ । ‘प्रदेश संगठन कमिटीले त्यहाँको बस्तुस्थितिलाई बुझेर के–कस्तो आवश्यकता पर्ने हो निश्चित गरेपछि केन्द्रबाटै योजना तय गर्ने तयारीमा छौँ,’ एमाले सचिव प्रदीप ज्ञवालीले पहिलो न्युजसँग भन्नुभयो, ‘अहिले प्रदेश कमिटीले त्यहाँ अनुगमन गरिरहेको छ । के–कस्तो आवश्यकता पर्छ । पहिला प्रदेश कमिटीको रिपोर्ट आएपछि केन्द्रीय सचिवालयले थप तयारी गर्ने छ ।’
सचिव ज्ञवालीले प्रदेश–२ को जनकपुर, सिरहा र वीरगञ्जमा केन्द्रीय कार्यालय सरहकै कार्यालय स्थापना गर्ने विषयमा छलफल भएको भन्दै आवश्यकता परे ती कार्यालय पदाधिकारी तहकै नेता रहन सक्ने बताउनुभयो । ‘एमाले तराई–मधेसमा कमजोर छ भनेर अहिले मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने प्रयास भैरहेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘हामीले त्यो भ्रम प्रदेश दोस्रो चरणको स्थानीय निर्वाचनमा चिरिसकेका छौँ ।’ उहाँले तराई–मधेस एमालेका लागि प्रतिकुल छ भन्ने भ्रम चिर्नका लागि पनि एमाले प्रदेश नम्बर–२ को चुनाव केन्द्रित अभियानमा लागेको बताउनुभयो ।
अर्का सचिव भीम आचार्यले पनि एमाले प्रदेश नम्बर–दुईमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । ‘मधेसवादी दल मात्र होइन नेपाली कांग्रेस, र माओवादी केन्द्रले पनि निकै ठूलो भ्रम फैलाएका छन्,’ उहाँले भन्नुभयो, ‘हामी ती सबै भ्रम चिर्दै तराईमा एमालेलाई पहिलो पार्टी बनाउँने छौँ ।’
एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर–२ का इञ्चार्ज सत्यनारायण मण्डल आजै प्रदेश नम्बर–२ को चुनावी अभियानका लागि तराई झर्नुभएको छ । उहाँले पहिलो र दोस्रो चरणको चुनावमा देखिएको केही असन्तुष्टिसमेत लाई ध्यानमा राखेर प्रदेश नम्बर–२ मा उम्मेदवार चयन अघि विभिन्न खाले स्थलगत अनुगमन गर्ने जानकारी दिनुभयो । ‘अहिले प्रदेश नम्बर–२ मा चुनाव केन्द्रित भेला, बैठक र छलफलहरु चलेका छन्,’ मण्डलले भन्नुभयो, ‘अब एमाले पूर्णरुपमा प्रदेश नम्बर–२ मा केन्द्रित भएको छ ।
एमालेले दिएको जानकारी अनुसार स्थलगत अनुगमनका लागि महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घणश्याम भुसाल सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, पृथ्वी सुब्वा गुरुङ, योगेश भट्टराई, भीम आचार्यलाई जिल्ला तोकेरै जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिव पौडेल बारा, भुसाल रौतहट खटाइएको छ । यसैगरी सचिवहरु पनि जिल्लाको स्थलगत अध्ययनका लागि खटाइएको एमालेले जनाएको छ । स्रोतका सचिव बिष्ट सर्लाही, भट्टराई धनुषा, आचार्य सप्तरी खटाइएको छ ।
यस्तो छ प्रदेश नम्बर–२ को संरचना
बाराः १३
उप–महानगरपालिका ९२०– सिमरा जितपुर र कलैया
नगरपालिका ९४० –कोल्हाबी नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका
गाउँपालिका ९७० – देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका
पर्साः ११
महानगरपालिका ९१०– वीरगन्ज महानगरपालिका
नगरपालिका ९१० – पोखरिया नगरपालिका
गाउँपालिका ९९० – जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका
रौतहटः १५
नगरपालिका ९३०–चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका
गाउँपालिका ९१२०–भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका
सप्तरीः १२
नगरपालिका ९६०–पातो नगरपालिका, सप्तकोशी
कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन
गाउँपालिका ९६०– सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका
महोत्तरीः १३
नगरपालिका ९३०– बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका
गाउँपालिका ९१००– सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका, बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपालिका
धनुषाः १३
उपमहानगरपालिका ९१०– जनकपुर उपमहानगरपालिका
नगरपालिका ९८०– गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर
नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला
नगरपालिका, नगराइन नगरपालिका
गाउँपालिका ९४०– जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका, हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका
सर्लाहीः १६
नगरपालिका ९८०– हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका
गाउँपालिका ९८०– कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका, धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका
सिरहाः १२
नगरपालिका ९६० – गोलबजार
नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका
गाउँपालिका ९६०– औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका
प्रतिक्रिया दिनुहोस्