काठमाडौ, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेड महिनापछि मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले पार्टीभित्रको भागबण्डा मिलाएरु आज मन्त्रिपरिषद विस्तार गर्ने तयारीगरेका छन् । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा आज टुङगो लगाउनेछ । ंकांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एकरएक जना भागबन्डाका आधारमा मन्त्री बनाउने देउवाको तयारी छ । आज कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट मन्त्री बनाइने छ । स्रोतका अनुसार १८ जना मन्त्री आजै थपेर विस्तार गर्नेगरि गृहकार्य भइरहेको छ । मन्त्रीको नाम तय गर्न बिहान नेपाली कांग्रेसको बैठक बस्दैछ । माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् ।
पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ । यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोर्होयाउन नहुने दबाब पौडेल पक्षमा छ ।
सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ । प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ–धौ परेको छ । मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टीभित्रैबाट देउवालाई तीव्र दबाब छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस्