Banner News

कांग्रेस भित्रको किचलोका कारण मन्त्रिपरिषदको विस्तार फेरी भोली धकेलियोः कुन मन्त्रालय कसको भागमा



काठमाडौं, १० साउन । आज मन्त्रिपरिषदको विस्तार हुने भने पनि कांग्रेस भित्रको आन्तरिक विवादका कारण हुन सकेन । कांग्रेसले मन्त्रको नाम टुंगो लगाउन नसकेका कारण आज हुन नसकेको हो ।प्रधानमन्त्री शरबहादुर देउवाले बुधवार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मंगलबार मन्त्रीको अन्तिम टुङ्गो लगाएपछि बुधवार नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम लगभग टुंगिएको छ ।

 

स्रोतका अनुसार बुधवार सपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट सूचना पठाइएको छ । समय भने पछि को टुङगो लाग्ने बताइएको छ । सम्भवत स् मध्यान्न् १२ बजेअघि नै सपथ ग्रहण हुने स्रोतलृे बताएको छ । सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसीको पक्का भएको छ । सरिता प्रसाइ र कमला पन्तका विषयमा छलफल भइरहेको छ । सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेत हुने एक नेताले जानकारी दिए ।

उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । माओवादीले ६ जनाको नाम यसअसघि नै तय गरिसकेको छ । ९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । लोकतान्त्रिक फोरमले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

कुन मन्त्रालय कसको भागमा
कांग्रेस
रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाई, खानेपानी तथा सरसफाई , कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद र वाणिज्य मन्त्रालय ।

माओवादी केन्द्र
उर्जा, स्वास्थ्य,सामान्य प्रशासन, आपूर्ति, पशुपन्छी विकास, महिला, बालबालिका तथा समाजकल्याण मन्त्राल ।

लोकतान्त्रिक फोरम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र भूमिसुधार तथा व्यवस्था मन्त्रालय ।
नेकपा संयुक्त
जनसंख्या तथा वातावरण
अन्य दलका लागि
उद्योग, वन तथा भू–संरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण्