Banner News

चीनसंग चर्को मनमुटाबःकिन आए भारतीय सेनाका उच्चअधिकारी नेपालमा ?



काठमाडौं,१०साउन। भारत र चीनबीच अहिले चर्को मनमुटाबमात्रै भएका् छैन युद्धको तयारी भइरहेको समाचार आइरहेको छ । यही भारतीय सेनाका उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा आएका ती अधिकारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गरेका छन् । भारतीय आसाम राइफल्सका डाइरेक्टर जनरल सोकिन चौहान नेपाल भ्रमणमा आएका छन् । उनले प्रधानसेनापति क्षेत्रीलाई मंगलबार भेट गरेका हुन् ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षबीच आपसी हितका समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।भारत चीनबीचको डोकलाम विवादबारे पनि अनौपचारीक कुराकानी भएको स्रोतले बताएको छ । ‘औपचारीक कुराकानी गर्न मिल्दैन’ स्रोतले भन्यो, ‘अहिले सबैको चासोको विषयमा अनौपचारीक कुराकानी हुनु सामान्य हो।’