पोखरा ब्यूरो, ११ साउन । हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वषै लागेपछि सुनसानजस्तै हुन्छन् । जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस, माससिसमेत हिँडडुल गर्न अफ्ठेरो हुन्छ ।
नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन् । गाडी चल्छा पनि । जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन् ।
अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने भएको यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले बताए । ‘केही रुटमा मात्रै हाम्रा बस चलेका छन्, धेरैजसो बन्द भइसके,’ उनले भने, । कच्ची सडकमा गोरखा यातायातका १ सय १० बस चल्छन् । ‘छिट्फुट् गाडी चलेका छन्, पानी परेको दिन ठप्पै हुन्छ,’ उनले भने, लगातार घाम लागेमात्रै बस चल्छन् । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्