सम्पादकीय

यादवको नेतृत्वमा फेरि समग्र मधेस एक प्रदेशको अजेन्डा



काठमाडौं, ११ साउन । नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको छ ।

उक्त एजेन्डमा सहमत हुने राजनीतिक दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा मधेस भ्वाइस एसेम्बल गठन गरेर सो मुद्दालाई फेरी बहसमा ल्याउने प्रयत्न गरिएको हो ।

त्यसका लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीमा महेन्द्रराय यादव, विकास तिवारी, रिजवान अन्सारी र डा। रामकेवल शाह छन् । नागरिकमा समाचार छ ।